कोरोना फैलाउन वुहानको पशुपन्छी बजारको भूमिका छ तर यसलाई बन्द गर्नु हुँदैन–डब्लुएचओ
Shellfish for sale in the Tai Po market in Hong Kong on January 29. Many customers come to this market to buy live seafood.
जेनेभा। विश्व स्वास्थ्य संगठनले चीनको वुहानथित पशुपन्छी थोक बजार बन्द गर्नु उचित नहुने बताएको छ । यद्यपि संगठनले कोरोनाभाइरस फैलाउन यो बजारको भूमिका रहेको भने स्वीकार गरेको छ । उसले यो बजार या त भाइरसको स्रोतको रुपमा रहेको वा यसले भाइरसको प्रसार बढाउने काम गरेको स्वीकार गरेको छ । डब्लुएचओले यस विषयमा अझै धेरै शोध र अध्ययनको आवश्यकता रहेको भनेको छ ।
चीनका अधिकारीहरुले जनवरीमा यो बजारलाई बन्द गराएका थिए । त्यसपछि वन्य जीवजन्तु र समुद्री जीवजन्तुको खपत तथा व्यापारमा अस्थायी रोक लागेको थियो । खाद्य सुरक्षासँग सम्बन्धित डब्लुएचओका एक विशेषज्ञ डा. पिटर बेल इम्बारेकले भने ‘यो प्रस्ट छ कि यो बजारका कारण कोरोनाभाइरसको प्रकोप बढ्यो । तर, यो भूमिका कस्तो किसिमको थियो ? यस विषयमा थप प्रस्ट हुनु जरुरी छ ।’
कोरोनाभाइरस कसरी आयो र यति गम्भीर कसरी भयो भन्ने विषयमा अहिले चीन र अमेरिका आमनेसामने छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले भाइरस संक्रमण फैलाउन चीन जिम्मेवार भएको आरोप पटक पटक लगाइरहेका छन् । पोम्पियोले त यो भाइरस चीनको प्रयोगशालामा बनेको र यसको प्रमाण आफूहरुसँग भएको दावी समेत गरिसकेका छन् ।
विशेषज्ञ बेन इम्बारेकले भने यी आरोपका बारे केही भनेनन् । उनले अगाडि भने ‘मर्सको स्रोत ऊँट हो भन्ने थाहा पाउन एक वर्षको समय लागेको थियो । कोरोनाको हकमा पनि अहिले ढिलो भइसकेको छैन । हाम्रो लागि अहिले सबैभन्दा जरुरी यो भाइरस फैलिनबाट रोक्नु हो ।’ डब्लुएचओले यो भाइरसको स्रोत मानिएको वन्य जीवको बजारलाई बन्द गर्ने विचारको समर्थन भने गरेको छैन ।
डा. बेन इम्बारेकका अनुसार यस्ता जीवित पशुपन्छीको बजार पूरै विश्वमा भोजन र लाखौं करोडौं मानिसहरुको आजीविकाको लागि आवश्यक छ । त्यसैले अधिकारीहरुले यसलाई बन्द गर्नु भन्दा यसको स्तर सुधार गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ ।







डिसी नेपाल







Facebook Comment