कोरोना कहरको बीच खाली स्टेडियममा खेलाइयो के–लीग सत्रको पहिलो खेल, जियोनबुक द्धारा सुवान १–० ले पराजित

डिसी नेपाल
२८ वैशाख २०७७ २२:०८

काठमाडौं । के–लीग शुक्रबार देखि दक्षिण कोरियामा शुरू भएको छ। कोरोना कहरको बीच सुरु भएका यो पहिलो फुटबल प्रतियोगिता हो । खाली स्टेडियममा खेलाईएको सिजनको पहिलो खेलमा जियोनबुक मोटर्सले सुवान ब्लुइङस लाई १–० ले पराजित गरेको छ ।

के–लीगको यो सिजनको पहिलो गोल जियोनबुक मोटर्सको लागि ली डोङ गुकले गरेका थिए। उनले खेलको ८३ औं मिनेटमा सफलता हासिल गरे। सुवान ब्लुइङसले खेलमा ५९ प्रतिशत कब्जा जमाए पनि टोलीका कुनै पनि खेलाडीले यसको फाइदा लिन सकेनन्।

खेल जेन्जु स्टेडियममा आयोजना भएको थियो। यो शहरले सन २००२ मा कोरिया र जापानले संयुक्त रुपमा विश्वकप फुटबल आयोजना गरेको थियो। प्रोफेशनल बेसबल लिग पनि तीन दिन अघि दक्षिण कोरियामा शुरू भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *