बाबर आजम पाकिस्तान एकदिवसीय क्रिकेट टीमको नयाँ कप्तान
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले आफ्नो सर्वश्रेष्ठ खेलाडी बाबर आजमलाई एकदिवसीय कप्तानको रूपमा चयन गरेको छ। अब बाबरले पाकिस्तान एकदिवसीय र टी २० टोलीको नेतृत्व गर्ने छन। सरफराज अहमद संग तीनै प्रारूपको कप्तानी खोसेपछि पीसीबीले अजहर अलीलाई टी २० र बाबर आजमलाई टेस्टको कप्तानी हस्तान्तरण गरेको थियो । तर पीसीबीले एकदिवसीय कप्तानको बारेमा कुनै जानकारी दिएको थिएन। आज पीसीबीले वार्षिक अनुबन्धको साथै यस बारेमा जानकारी दिएको छ।
मुख्य चयनकर्ता तथा राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक मिसबाह उल हकले भने, “कप्तानको भएकोमा म अजहर अली र बाबर आजमलाई बधाई दिन चाहन्छु। खेलाडीहरूको भविष्यको भूमिकाबारे निश्चितता र स्पष्टताका लागि यो सही निर्णय हो। मलाई बिश्वास छ उनले अब भविष्यको बारेमा हेर्दै योजना बनाउने छन, र एक उतकृष्ट टीम निर्माण गरेर राम्रो प्रदर्शन गर्नेछन ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment