क्रिस गेल विवादमा

डिसी नेपाल
१ जेठ २०७७ १०:५०

काठमाडौं । वेस्टईन्डिजका ब्याट्सम्यान क्रिस गेल नयाँ विवादमा फसेको छन। क्रिस गेलले रामनरेश सरवन बिरूद्ध पुरानो सीपीएल फेन्चाईजी सम्बन्धी बयान दिएका थिए। यस बयानको कारण क्रिकेट वेस्टईन्डिजका चीफ रिकी स्किरिटले गेल विरुद्ध कारबाहीको संकेत गरेका छन। तर गेलले पाउने सजायले उनको करियरनै अन्त्य नहुने स्किरिटले बताए ।

४० बर्षीय गेललाई क्यारेबियन प्रिमियर लिग फे्रन्चाईज सेन्ट लुसिया जोक्सले २०२० सत्रको लागि सम्झौता गरेको छ। यस अघि गेललाई सरवन माथि कडा रिस उठेको थियो र सरवन कोरोना भाइरस भन्दा पनि खतरा रहेको गेलले बताएका थिए । सरवनले उनलाई सीपीएलको टोली जमैका तल्लाहबाट निकाल्ने योजना बनाएको आरोप लगाएका थिए ।

स्किरिटले भने, “यो एक आपसी विवाद हो, तर मलाई लाग्दैन कि यो विवाद चाँडै समाप्त हुन्छ। उनले भने, मलाई विश्वास छ क्रिस र सीपीएलको बीचमा अहिले कुनै प्रकारको छलफल भइरहेको छ किनभने सीपीएलका केही नियमहरू छन् जुन लागु हुनेछ । क्रिस एक फे्रन्चाईजी टोलिसंग अनुबन्धन भएका एक खेलाडी हुन ।”

स्किरिटले भने, “यो दुर्भाग्यपूर्ण घटना हो तर आशा छ कि यसले गेलको करियरलाई असर गर्दैन। तर अनुबन्धन भएका खेलाडीले यस्ता किसिमका व्यवहार गर्छन भने यसले बोर्डमा नराम्रो असर पार्छ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *