नेपालमा कोरोना संक्रमितको संख्या बढदै गएपछि क्रिकेट खेलाडीहरु द्धारा बिशेष आग्रह (भिडियो सहित)

डिसी नेपाल
२ जेठ २०७७ १७:४१
12
Shares

काठमाडौ । नेपालमा कोरोना भाईरस संक्रमितको संख्या बढदै गएपछि जनमानसमा त्रासको वाताबरण फैलिरहेको छ । चैत्र ११ बाट सुरु भएको लकडाउन बिभिन्न चरण सम्म आईपुग्दा पनि नेपालमा संक्रमितको संख्या बढदै गएको छ । लकडाउनको कारण नेपालको खेलकुद क्षेत्रमा पनि प्रभाव परेको छ । नेपालमा हुने भनिएका ठुला तथा साना प्रतियोगिताहरु पनि लकडाउनको कारणले प्रभाबित भएको छ ।

प्रतियोगिता प्रभाबित हुदा र लकडाउनको कारणले गर्दा खेलाडीहरु पनि अहिले घरमा बस्न बाध्य भएका छन । तर घरमा बसेर पनि नेपाली खेलाडीहरुले आफुलाई मानसिक तथा शारीरिक रुपले तयार राखिरहेको कुरा खेलाडीहरुले बेला बखतमा सामाजिक संजालहरु बाट लाईभ आउदै वा आफुले घरमै गरेका प्रशिक्षणहरुको भिडीयो शेयर गरेर बताईरहेका छन ।

यहि क्रममा नेपाली क्रिकेटका महिला तथा पुरुष खेलाडीहरुले अहिलेको अवस्थालाई मध्यनजर गदै कोरोना भाईरसको बिरुद्ध सम्पूर्ण नेपाली एकजुट भई लडन एक बिशेष भिडीयो सार्बजनिक गरेका छन । (हेनुहोस भिडियो)
https://www.facebook.com/SompalKamiOfficial/posts/1636518033170635


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *