निगुरो टिप्न एकका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

डिसी नेपाल
४ जेठ २०७७ ९:१०

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ निवासी ८० वर्षीय बृखबहादुर राई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार शनिबार साँझ घर नजिकै दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्धलाई हात्तीले आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *