क्रिकेट सुरु गर्न ठूलो पहल, जुलाईमा ईङल्यान्ड भ्रमणको लागि पाकिस्तान तयार
काठमाडौं । पाकिस्तानी क्रिकेट बोर्ड जुलाईमा ईङल्यान्डमा हुने टेस्ट र टी २० यात्रा गर्न तयार भएको छ । तर पीसीबीले खेलाडीहरूलाई सम्भौंता स्वीकार गर्न बाध्य नबनाउने बताएको छ ।
पीसीबीका कार्यकारी प्रमुख वसीम खानले एक न्यूज च्यानललाई भने, “पाकिस्तान सैद्धान्तिक रुपमा तीन टेस्ट र तीन टी २० अन्तर्राष्ट्रियमा सहमत भएको छ ।”
“हामीले भ्रमणको बारेमा शुक्रबार ईसीबी सँग विस्तृत छलफल गरेका थियौं र पीसीबीले जुलाईमा ईङल्यान्डमा आफ्नो क्रिकेट टीम पठाउन सहमति गरेको छ” वसीमले भने।
शुक्रबार भिडियो कल मार्फत गरिएको अंग्रेजी क्रिकेट बोर्डसँग छलफलको क्रममा पाकिस्तानले बन्द मैदानमा खेल खेल्ने कुरामा सहमति गरेको थियो। तर खेलाडीहरू उनीहरुको इच्छा विपरीत जान पाईनेछैन ।
“यदि कुनै खेलाडी भ्रमणमा जान नचाहेमा हामी उसको निर्णय स्वीकार्छौं र कुनै पनि अनुशासनिक कारबाही गर्दैनौं” खानले भने। खानका अनुसार टोली २५ सदस्यहरुको साथ जुलाईको पहिलो हप्तामा चारवटा उडानमा इङल्यान्ड जानेछ र खेलाडीहरुलाई क्वारेन्टाइनमा राखिनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment