किरण पोलार्ड र फहिम असरफको करार नार्थमपटन द्धारा रद्ध
काठमाडौं । ईङलिस क्रिकेट काउन्टि क्लब नार्थमपटनसायरले बिहीबार किरण पोलार्ड र फहिम असरफको करार रद्ध गरेको छ । फहिमले गतवर्ष ईङल्यान्डको प्रसिद्ध टि २० प्रतियोगिता विटैलिटी ब्लास्टमा नार्थमपटनसायरको लागि खेलेका थिए । पोर्लाडले सोही प्रतियोगिताको मध्य चरणमा नार्थमपटनसायर बाट खेलेका थिए ।
मुख्य प्रशिक्षक डेभिड रिप्लेले एक विज्ञप्तिमा भने, “यो एकदमै निराशाजनक हो किनभने उनीहरू उत्कृष्ट खेलाडी हुन् र उनीहरूलाई टिममा राख्ने बारेमा धेरै छलफल भएको थियो। म वास्तवमै खेलाडीहरू तथा उनीहरूको व्यवस्थापकलाई धन्यवाद दिन चाहन्छु।”
मुख्य कार्यकारी रे पायनेले भविष्यमा फ्यानहरूले नार्थमपटनसायरको टिममा फहिम र पोलार्ड देख्न सक्ने आशा गरेका छन्। पेनेले भने, “अहिले धेरै प्रश्नहरू उठिरहेका छन्। हामीसँग अर्को सत्रको लागि समय तालिका छैन, तर एक पटक तालिका पूरा भएपछि हामी निर्णय गर्नेछौं। हामी खेलाडीहरु फिर्ता आउने बारेमा कुरा गर्दैछौं ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment