दशरथ रंगशालामा क्वारेन्टिन नबनाउन एन्फा अध्यक्षको आग्रह

डिसी नेपाल
९ जेठ २०७७ १७:२६

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण खतरा न्यूनिकरणका लागि दशरथ रंगशालाको मैदानमा क्वारेन्टिन बनाउने चर्चा चलेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दशरथ रंगशालाको मैदानलाई क्वारेन्टिन बनाउन नहुने बताएका छन्।

काठमाडौंमा विदेशबाट नागरिकहरु फिर्ता ल्याएपछि रंगशाला परिसर पनि क्वारेन्टिनका लागि प्रयोग गर्ने भन्दै केही दिन अगाडी अनुगमन भएको थियो । अनुगमन समितिले काठमाडौंका विभिन्न पार्टी प्यालेस स्कूलहरु लगायत दशरथ रंगशालामा पनि अनुगमन गरेको थियो ।

ए डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अन्तर्राष्ट्रिय स्तरको रंगशालामा बनाउने हो भने क्वारेन्टिन बनाउन नदिनका लागि आग्रह गरेका छन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *