आर्मी बन्न आएका क्रिकेटर अविनाश बोहरा सशस्त्रको ड्युटीमा

डिसी नेपाल
११ जेठ २०७७ १२:०६

काठमाडौं । नेपालमा कोरोना भाईरसको संक्रमण बढेपछि बिभिन्न बिभागीय टोलिबाट खेलीरहेका खेलाडीहरुलाई सम्बन्धित बिभागले अहिले ड्युटीमा बोलाएको छ । केही दिन अगाडी सशस्त्र प्रहरी बल क्लबमा आबद्ध भएर सशस्त्रमै जागिर गरिरहेका महिला तथा पुरुष खेलाडीहरुलाई सशस्त्र प्रहरी बलले ड्युटीमा बोलाएको थियो । यो संगै सशस्त्र प्रहरी बल क्लबमा आबद्ध राष्ट्रिय क्रिकेट टोलिका सदस्य अविनाश बोहरा गत ३ सातादेखी हप्ताको २ पटक सशस्त्र प्रहरी बलको मुख्यालयमा ड्युटीमा गईरहेको डिसी नेपाललाई बताए ।

झण्डै पाँच वर्षअघि भारतबाट आर्मीमा भर्ती हुने सोचेर नागरिकता बनाउन पुर्ख्यौली थलो दाङ आउँदा अभिनाश बोहरालाई लागेको थिएन, राष्ट्रिय टिमबाट क्रिकेट खेल्दै सशस्त्रमा जागिर गर्छु भनेर । तर २०७१ सालमा नेपालगञ्जबाट क्षेत्रीयस्तरको क्रिकेट खेल्दै यू १९ क्याम्पमा परेपछि क्रिकेट कसरी खेलिन्छ, के के गर्नुपर्छ भन्ने उनलाई थाहा भयो । सन्दीप जोरा, भीम सार्की र पवन सर्राफ संगै पहिलोपटक राष्ट्रिय टिममा आएका अविनाशले यूएईविरुद्धको तीन एकदिवसीय म्याचको सिरिजमा मौका नपाए पनि यूएईविरुद्धको पहिलो टि २० मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने मौका पाए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाका लसिथ मालिङ्गाको बलिङ मन पराउने अभिनाशले भिडियोहरुमा हेरेर मालिङ्गाको योर्कर, स्लोअर बलहरु पनि सिकिरहेका हुन्छन् । नेपालमा पारस खड्का, सोमपाल कामी, करण केसी, शरद भेषावकर लगायतबाट उनी प्रभावित भएको बताउछन । डीपीएलमा सिवाइसी अत्तरीया र विराटनगर किंग्स, इपीएलमा कान्तिपुर गुर्खाज र भैरहवा ग्लाडियटर्स साथै पीपीएल बुटवल ब्लास्टर्सबाट राम्रो अनुभव बटुलेका अविनाश राट्रिय प्रतियोगितामा ससस्त्र प्रहरी बल क्लबबाट खेल्छन । ससस्त्र प्रहरी बल क्लबमा आबद्ध भएकाले अहिले उनी राष्ट्रका निम्ति ड्युटीमा खटिएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *