अमेरिकी गोल्फ खेलाडीलाई सामाजिक संजालमा ज्यान मार्ने धम्की
काठमाडौं । अमेरिकाकी स्टार गोल्फ खेलाडी पेज स्पाईरानेकले सोशल मीडियामा मार्ने धम्की आईरहेको बताएकी छिन । २७ बर्षीय पेज उनी उनको खेलका लागि मात्र नभएर ग्लामर अवतारको लागि पनि परिचित छिन ।

पेजको इन्स्टाग्राममा करिब २.८ मिलियन फ्लोअर्सहरु छन्। उनले आफ्नो फोटोसहित गोल्फ सम्बन्धी सात सुझाव र विधिहरू सम्बन्धित भिडियोहरू पनि इन्स्टाग्राममा साझा गरेकी छिन। हालै उनले गल्फ कोर्समा प्रयोग गरिएको पुसकार्ट (गल्फ ब्याग बोक्नका लागि प्रयोग हुने मेसिन) को बारेमा बयान दिएकी छिन ।

पेजले पोडकास्टमा पुसकार्ट प्रयोग गर्ने मानिसहरु कमजोर रहेको बताएकी थिईन। साथै उनले दुरुपयोग गर्नेहरूलाई गाली पनि गरेकी थिईन। उनले भनिन, “यदि हामी आफ्ना विचारहरू खुला रुपमा राख्न सक्दैनौं भने, बोल्नुको को कुनै अर्थ छैन।”

त्यसपछि पेजले लगातार सोशल मीडियामा ज्यान मार्ने धम्कीका सन्देशहरु प्राप्त गरिरहेकी छिन। उनले ट्वीटरमा भनिन, “पुसकार्ट प्रयोग गर्ने व्यक्तिहरूले मलाई ज्यान मार्ने धम्कीहरु दिएका छन्। ति व्यक्ति वास्तवमै पुसकार्ट माफिया हुन्।”

No ads found for this position


डिसी नेपाल
Facebook Comment