भारतमा २०२१ मा हुने टि २० विश्वकपको आयोजना खोस्ने आईसीसीको चेतावनी

डिसी नेपाल
१४ जेठ २०७७ १४:००

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) एक पटक फेरी कर छुटको विवादका कारण आमुन्ने सामुन्ने भएका छन । आईसीसीले बिसीसीआई लाई भारत सरकार संग विश्वकपको लागि कर छुट गर्न आग्रह गरेको थियो । तर भारत सरकारले आईसीसीको आग्रह अस्विकार गरेपछि आईसीसीले भारतलाई विश्वकपको आयोजना गर्न नदिने चेतावनी दिएको छ ।

क्रिकेट वेबसाईट क्रिकईन्फोको एक रिर्पोट अनुसार पछिल्लो दुई महिनादेखी आईसीसी र बिसीसीआई बिच ईमेल आदान प्रदान भएको छ । जसअनुसार यो अनुमान गर्न सकिन्छ आईसीसी आफ्नो निर्णयबाट पछि हटनेछैन ।

आईसीसी भारतमा विश्वकप भएमा बिसीसीआई मार्फत भारत सरकार संग कर छुट गराउन चाहन्छ । यदि यसो नभएको खण्डमा आईसीसीले करिब १०० मिलियन डलर बराबरको घाटा ब्योहोर्नु पर्ने हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *