सिटी एक्सप्रेसले गर्‍यो आफ्ना अभिकर्ताहरुको कोरोना बीमा

डिसी नेपाल
२४ जेठ २०७७ ७:०४

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड-१९ विरद्ध आफ्ना अभिकर्ताहरुको बीमा गराएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै यस्तो विषम परिस्थितीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागी अभिकर्ताहरुको बीमा गराइएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जानकारी दिएको छ।

सिटी एक्सप्रेसले अत्यावश्यक सावधानी अपनाउँदै नविनतम प्रविधीको अधिकतम प्रयोग गर्दै यस लकडाउनको अवस्थामा पनि आफ्ना सेवाग्राहीहरुलाई विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलिया, युके, अमेरिका लगायत थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८००० भन्दा बढी सेवा केन्द्रहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरका सबै कर्मचारीको कोरोना बीमा

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *