पवर्त अस्पतालका ५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित, आकस्मिकबाहेक सबै सेवा बन्द
काठमाडौं। कोरोना भाइरसको संक्रमण नेपालमा दिनानुदिन बढिरहेका बेला स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन्। शुक्रबार सार्वजनिक गरिएको संक्रमितको प्रतिवेदनमा गण्डकी प्रदेशको पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएको पुष्टि भएको छ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेण्ड डा. शिशिर देवकोटाले सो अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्। उनले अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाले आकस्मिकबाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment