पवर्त अस्पतालका ५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित, आकस्मिकबाहेक सबै सेवा बन्द

डिसी नेपाल
५ असार २०७७ १८:५९

काठमाडौं। कोरोना भाइरसको संक्रमण नेपालमा दिनानुदिन बढिरहेका बेला स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन्। शुक्रबार सार्वजनिक गरिएको संक्रमितको प्रतिवेदनमा गण्डकी प्रदेशको पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएको पुष्टि भएको छ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेण्ड डा. शिशिर देवकोटाले सो अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्। उनले अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाले आकस्मिकबाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *