बेलायतमा मृत्युको उच्च जोखिममा दक्षिण एशियाली नागरिक
सांकेतिक तस्बिर
लण्डन । बेलायतमा गरिएको एक अध्ययनले कोरोनाबाट मृत्यु हुनेहरुमा दक्षिण एशियाली मानिसहरु उच्च जोखिममा रहेको देखाएको छ।
अस्पताल भर्ना भएका दश मध्ये चार जनामा गरिएको तथ्याङ्क विश्लेषणबाट यो निस्कर्ष आएको हो। यो अनुसन्धानमा बेलायतमा रहेका २६० वटा अस्पतालहरू र अन्य २७ वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको सहभागिता थियो। अध्ययन सकेपछि यूके सरकारलाई चार साता बुझाईएको तथ्याङ्क सर्वसाधारणका लागी इन्टरनेटमा पनि राखिएको छ ।
यो अनुसन्धान यूरोपका ईङल्याण्ड, स्कटल्याण र वेल्सका २६० अस्पतालका ३५ हजार बिरामीहरूमा गरिएको थियो। अस्पताल भर्ना भएका स्वेत जातीका मानिहरू भन्दा दक्षिण एशियाली मूलका नागरिकमा २० प्रतिशत मृत्युको सम्भावना देखियो।
अनुसन्धानबारे आफ्नो धारणा राख्दै युनिभरसिटी अफ एडिनबराका प्रोफेसर इवन ह्यारिसनले स्वेत जातीको तुलनामा दक्षिण एशियाली बिरामीको अवस्था फरक रहेको बताए । उमेरका आधार १२ बर्ष कम भएका र डिमेन्सिया रोग भन्दा पनि मधुमेह जस्ता रोग लागेका धेरै दक्षिण एशियाली नागरिकको मृत्यु भएको समेत बताए ।
मधुमेहले शारीरिक रुपमा क्षति एवं अन्य रोग थपिने जोखिम रहने हुँदा यो रोग लागेका मानिसहरू अस्पताल भर्ना भए भने बँचाउन निकै कठिन रहेको समेत बताईएको छ। हालसम्म बेलायतमा ६७ जना नेपालीको मृत्यु भएको छ। यो अनुसन्धानलाई नेपालीहरूको मृत्युका कारण सँग जोडेर हेर्नुपर्ने एक नेपाली अनुसन्धानकर्ताको भनाई छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment