राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी शाहीलाई

डिसी नेपाल
११ असार २०७७ ११:४५

काठमाडौं । टेबलटेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण तथा प्रतियोगितालगायत सम्पूर्ण गतिविधि सञ्चालन तथा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरको मर्मत सम्भार र निर्माण कार्यको रेखदेख र प्रवद्र्धनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सुदिल शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ ।

‘टेबलटेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण तथा प्रतियोगितालगायत सम्पूर्ण गतिविधि सञ्चालन तथा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरको मर्मत सम्भार र निर्माण कार्यको रेखदेख र प्रवद्र्धन गर्नेगरी तपाईंलाई जिम्मेवारी दिइएको छ,’ राखेपका सदस्यसचिव रमेशकुमार सिलवालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । सदस्यसचिव सिलवालले सदस्य शाहीलाई पत्र हस्तान्तरण गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *