भारतका पूर्व क्रिकेट खेलाडी पक्राउ

डिसी नेपाल
१२ असार २०७७ १६:१७

काठमाडौं । भारतका पूर्व क्रिकेटर रोबिन सिंहलाई लकडाउन नियम उल्लंघन गरेको आरोपमा ५०० रुपैंया जरिवाना गर्दै उनको कार जफ्त गरिएको छ। तामिलनाडुका यी पूर्व क्रिकेटर कारबाट तरकारी लिन गएका थिए र पुलिसले उनलाई पक्राउ गरेको थियो। उनलाई ५०० रुपैंया जरिवाना गरिएको प्रहरी स्रोतले जनाएको छ।

कोरोना भाइरस महामारीको फैलिएको कारण चेन्नई र आसपासका तीन जिल्लामा लकडाउन कडाई गर्दे जुन ३० सम्मको लागि बढाइएको छ। जसअन्तर्गत व्यक्ति आवश्यकका लागि घर वरिपरिको दुई किलोमिटर भित्र मात्र जान सक्दछन् र सवारी साधन प्रयोग गर्न सक्दैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *