इन्टर मिलानका डिफेन्डर स्क्रिनियर तीन खेलको लागि प्रतिबन्धित
काठमाडौं । इटाली फुटबल क्लब इन्टर मिलानका डिफेन्डर मिलान स्क्रिनियरलाई लीगमा दुर्व्यवहार गरेका कारण तीन खेलमा प्रतिबन्ध लगाइएको छ। अब उनले सिरी ए का अर्को तीन खेल खेल्न पाउने छैनन ।
समाचार एजेन्सी सिन्हुआका अनुसार २३ वर्षीय यी खेलाडीले सासुओलो बिरूद्धको खेलमा रेफ्रीसंग रोष प्रकट गरेका थिए । यो खेल ३–३ ले बराबरी भएको थियो ।
अनुशासन समितिले रेड कार्डका कारण एक खेलमा प्रतिबन्ध बाहेक थप दुई खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। साथै इन्टर मिलानका कोच एन्टोनियो कोन्टे पाचौं चेतावनी पाएको कारण पनि एक खेलको लागि प्रतिबन्धित हुनेछन ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment