असार १५ गते सार्वजनिक विदा !

डिसी नेपाल
१४ असार २०७७ ६:४८

सुर्खेत । कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक विदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले असार १५ गते राष्ट्रिय धान दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा बिदा भनिएपनि जुम्लामा भने विदा नहुने भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएकाले प्रदेश सरकारले गत चैत १२ गते नै सार्वजनिक बिदा दिएको थियो ।

प्रदेश सरकारको गत जेठ १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कर्णालीका जुम्लाबाहेक ९ जिल्लामा धान दिवसको बिदा दिने निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *