ला लिगाको शिर्षमा पुनः रियाल मड्रीड

डिसी नेपाल
१५ असार २०७७ १०:०१

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि दावेदार क्लव रियाल मड्रीडले अर्को दावेदार क्लव बार्सिलोनासँग दुई अंकको स्पष्ट अग्रता बनाउन सफल भएको छ ।

जारी लिगमा गए राती भएको खेलमा इस्पानोल विरुद्ध १० गोल अन्तरले जित दर्ता गर्दै तीन अंक जोडेको रियालले प्रतिस्पर्धी बार्सिलोनालाई दुई अंकले पछाडी छोडेको हो ।

जितसँगै रियालको ७१ अंक भएको छ भने बार्सिलोनाको ६९ अंक छ । रियालले अब ६ वटा खेल खेल्न बाँकी छ । बाँकी खेल सबैमा जित दर्ता गराएमा वा पाँच खेल जितेर एकमा बराबरी गरेमा पनि रियालले उपाधि जित्नेछ । र यस्तो भएमा विगत आठ बर्षमा रियालले पहिलो पटक र हालसम्मकै दोस्रो पटक ला लिगाको उपाधि चुम्नेछ ।

अब लिग दावेदार टोली बार्सिलोनाले बिहिवार यथलेटिको संग खेल्ने खेलको नतिजाले पनि रियाललाई सहज बनाउने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *