जिम्बावेको अष्ट्रेलिया भ्रमण रद्द
काठमाडौं । कोरोना भाइरसको कारण क्रिकेट श्रृंखलाहरु रद्द हुने क्रम रोकिएको छैन । अर्को महिना क्रिकेट इङल्यान्ड र वेस्टइन्डिज बीच खेलिने श्रृंखलाबाट क्रिकेट चार महिना पछि फर्किदैछ भने अष्ट्रेलिया र जिम्बावेले एकदिवसीय श्रृंखला रद्द गर्ने निर्णय गरेका छन। अस्ट्रेलिया र जिम्बावेबीच अगस्टमा तीन एकदिवसीय श्रृंखला खेल्ने तय भएको थियो।
अष्ट्रेलिया र जिम्बावे बीचमा खेलिने शृंखला पहिले नै रद्द हुने सम्भावना थियो। अष्ट्रेलियाका प्रशिक्षक जस्टिन लेन्जरका अनुसार जिम्बावेलाई अहिले अष्ट्रेलिया आउन धेरै गाह्रो छ। साथै अष्ट्रेलियन टोली सेप्टेम्बर अघि मैदानमा नफर्किने अष्ट्रेलियन प्रशिक्षकले बताए । दुई देशबीच ९ अगस्त, १२ अगस्त र १५ अगस्तमा तीन एकदिवसीय खेल खेल्ने तय भएको थियो।
योसँगै जिम्बावे टोलीले अस्ट्रेलियामा खेल्ने प्रतीक्षा अझै बढेको छ। यसअघि जिम्बावेले १६ बर्ष अगाडी अष्ट्रेलियाको भ्रमण गरेको थियो। सन २००३–२००४ मा जिम्बावेले अष्ट्रेलियाको बिरूद्ध दुई खेलको टेस्ट श्रृंखला खेलेको थियो। त्यसपछि अष्ट्रेलियाली भूमिमा जिम्बावे, भारत र अष्ट्रेलिया बीच एक ट्राई सीरीज खेलिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment