बलिउड चर्चित कोरियोग्राफर सरोज खानको निधन
मुम्बई। बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको बिहीबार राति निधन भएको छ। ७१ वर्षीया खानको हृदयघातबाट निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। उनले करिव दुई हजार गीतमा कोरियोग्राफ गरेकी थिइन्।
श्रीदेवी र माधुरी दीक्षितसहित बलिउडका ठूला नायिकासँग उनले काम गरेकी थिइन्। उनको अन्तिम संस्कार शुक्रबार मलाडको मलवानीमा गरिने भएको थियो।
उनको निधनसँग उनका पति बी. सोहनलाल, छोरा हमिद खान र दुई छोरी हिना र सुकन्या सँगै थिए। उनी राष्ट्रिय अवार्डबाटसमेत सम्मानित भएकी थिइन्र
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment