अष्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई १८ महिना जेल सजाय

डिसी नेपाल
२६ असार २०७७ १२:४८

काठमाडौँ । अष्ट्रेृलियामा एक नेपाली विद्यार्थीलाई १८ महिना जेल सजाय सुनाइएको छ । नेपाली विद्यार्थी प्रविन मैनालीलाई सिड्नीमा रहेकाे एक अदालतले ठगी मुद्दामा १८ महिनाको जेल सजाय सुनाएको हो ।

२० वर्षीय मैनालीलाई न्यू साउथवेल्स प्रहरीले गएको ३ मार्चमा एक वृद्धाको रकम क्रेडिट कार्डबाट चोरी गरेको आरोपमा पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनले चार जनाको कार्डबाट २१ पटकमा १८ हजार ५ सय अष्ट्रेलियन डलर आफ्नो खातामा ट्रान्सफर गरेका थिए ।

अनुसन्धानमा उनलाई भारतबाट सञ्चालित ठगहरूको गिरोहले प्रयोग गरेको खुलेको छ । उनले भारतका ठगी गिरोहरुका लागि आफूले यस्तो काम गरेको र ठगी गरेको रकममध्ये केही राखेर बाँकी भारतमै पठाइ्दिने गरेको स्वीकार गरेका छन् । उनको बारेमा थप केही खुलेको छैन । मैनाली सन् २०१८ मा आईटी पढ्नका लागि अस्ट्रेलिया पुगेको बताइएको छ ।

पछिल्लो समयमा अष्ट्रेलियामा भारतीय गिरोहले नेपाली विद्यार्थीहरुलाई आर्थिक प्रलोभन देखाएर ठगी धन्दामा प्रयोग गर्ने घटना बढेका छन् । केही हप्ता अघि मात्रै अष्ट्रेलियामा यस्तै प्रकृतिको घटनामा एक जोडी नेपाली विद्यार्थी पक्राउ परेका थिए। एक अन्तर्राष्ट्रिय ठगी गिरोहका सदस्य रहेको आरोपमा २२ वर्षकी नेहा गिरी र १९ वर्षका आयुष भट्टराईलाई प्रहरीले पक्राउ गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *