गर्भको बच्चामा पनि कोरोना संक्रमण, विश्वभर १ करोड २७ लाख संक्रमित
काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड २७ लाख ३३ हजार ८८६ पुगेको छ। तीमध्ये ७४ लाख ३५ हजार ५५१ जना उपचारपछि निको भएका छन् भने ५ लाख ६५ हजार ४८ जनाको मृत्यु भएको छ।
यसैबीच अमेरिकी वैज्ञानिकहरुले कोरोना भाइरस भर्ववतीको गर्भसम्म पुग्ने दाबी गरेका छन्। उनीहरुको अनुसार गर्भमा रहेको बच्चामा कोरोना संक्रमण पुष्टि भएको उनीहरुले दाबी गरेका छन्।
उनीहरुका अनुसार अमेरिकामा एक कोरोना संक्रमित आमाले पूर्ण विकास नभएको बच्चालाई जन्म दिएकी छन्, जो कोरोना संक्रमित थिइन्। अमेरिकामा शुक्रबार मात्रै ६० हजार भन्दा धेरै संक्रमित फेला परेका थिए।
यति ठूलो संख्यामा संक्रमित फेला परेको यो तेस्रो दिन हो। अमेरिकाका अन्य २८ राज्यमा पनि विगतका दिनभन्दा यो हप्ता धेरै संक्रमित फेला परेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment