रुपन्देहीमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
२८ असार २०७७ १०:५३

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ।

सो दुर्घटनामा गम्भीर घाइते तिलोत्तमा नगरपालिका–११ बस्ने करिब ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका प्रहरी निरीक्षक इन्द्र चौधरीले जानकारी दिए।

शनिबार बेलुका भएको सो दुर्घटनामा चार घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *