सार्वजनिक यातायात सञ्चालनः गाडी सडकमा ल्याउने वातावरण बनाइदिन व्यवसायीको माग
काठमाडौं। कोरोना महामारीका कारण देशभर लकडाउन गरिएपछि चैत ११ गतेबाट बन्द भएको सार्वजनिक यातायात सुचारु गर्ने विषयमा आइतबार यातायात व्यवसायी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङबीच छलफल भएको छ।
आइतबार मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरुले गाडी सडकमा निकाल्ने वातावरण बने आफूहरु यातायात सञ्चालन गर्न तयार रहेको बताएका छन्।
लफलमा सहभागी यातायात राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाले मन्त्रीसँग आफ्ना समस्याहरु राखिएको बताए। उनले डिसी नेपालसँग भने, ‘मन्त्रीज्यू, यातायात मजदुर, हामी व्यवसायी र यातायात विभागका महानिर्देशकसहितको आज छलफल भयो। हामीले हाम्रा समस्याहरु राख्यौं। मन्त्रीज्यूले समस्या समाधान गरिने बताउनु भएको छ।’
ेउनका अनुसार व्यवसायीको मुख्य चिन्ताको विषय यातायात मजदुरको स्वास्थ्य र यात्रुको स्वास्थ्य हो। सिटौलाले भने, ‘मजदुरहरुको स्वास्थ्य र यात्रुको स्वास्थ्य कसरी सुरक्षित राख्ने भन्ने समझादारी भए हामी यातायात सुचारु गर्न तयार छौं।’ उनले हाल यातायात मजदुरहरु घरमा रहेकाले पनि यो समस्या भएको बताए। सरकारले गएको शुक्रबारदेखि नै सार्वजनिक यातायात शुरु गर्न भने पनि व्यवसायीहरुले सडकमा गाडी निकालेका छैनन्।
सिटौलाले डिसी नेपालसँग भने, ‘गाडी चलाउने कुरा त्यतिकै हुँदैन। प्राविधिक समस्या पनि छ। मजदुरहरु काठमाडौं आउने वातावरण बन्नु पर्यो। ग्यारेज सञ्चालनमा आउनु पर्यो।’
यातायात व्यवसायीका समस्या सुनेपछि मन्त्री नेम्वाङले सरकारले व्यवसायीका समस्या सामाधन गर्ने भन्दै यातायात अब सञ्चालन हुनुपर्ने बताएका थिए। सिटौलाले भने, ‘हाम्रो कुरा सुनेपछि मन्त्री ज्यूले समस्या बुझ्नु भएको छ। फेरि पनि छलफल गरेर निश्कर्ष निकाल्ने गरी आजको छलफल सकिएको छ।’
व्यवसायीले बाहिर स्वास्थ्य र प्राविधिक समस्या देखाए पनि यातायात व्यवसायीको मुख्य माग भाडा दर हो। सरकारले यात्रु क्षमताभन्दा ५० प्रतिशत कम यात्रु राखेरमात्र यातायात चलाउन भनेको छ। सरकारको यस्तो शर्तका कारण व्यवसायीहरु भाडा डबल बनाउने सोचमा छन्।







डिसी नेपाल








Facebook Comment