लकडाउनमा घरभाडा छुट गर्ने घरधनी सम्मानित

डिसी नेपाल
३० असार २०७७ २०:३२

बन्दाबन्दी अवधिको घरभाडा मिनाहा तथा छुट गर्र्ने घरधनीलाई आज बुटवलमा बिशेष सम्मान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको सन्त्रासका कारण गरिएको बन्दाबन्दी समयमा घरभाडा मिनाहा तथा छुट दिने ६० मनकारी घरधनीलाई सम्मान गरिएको हो ।

बुटवल । लकडाउन अवधिभर व्यापारव्यवसाय ठप्प भएकाले भाडामा रहेका व्यवसायीलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले १० प्रतिशतदेखि शतप्रतिशतसम्म घरबहाल मिनाहा तथा छुट गरेका घरधनीलाई सम्मान गरिएको नेपाल घरबहाल सरोकार सङ्घ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले बताए ।

घरधनीलाई सम्मानपत्र प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा घरबहाल कर १२ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *