कप्तान जो रुट टिममा फर्किए
काठमाडौं । कप्तान जो रुटको पुनरागमन संगै बुधवार देखी ओल्ड ट्र्याफर्डमा हुने वेस्टईन्डिज बिरुद्वको दोस्रो टेस्टमा ईङल्यान्ड श्रंखला बराबरी गर्ने लक्ष्य साथ मैदानमा ओर्लनेछ । यो संगै श्रंखलाको पहिलो टेस्टमा जित हातपार्दै १–० ले लगाडि रहेको वेस्टईन्डिज पनि दोस्रो खेलमा आफ्नो विजयी यात्रालाई निरन्तरता दिने दाउमा रहेको छ । रुट बिनाको पहिलो टेस्ट ईङल्यान्डले ४ विकेटले गुमाएको थियो ।
घरायसी कारणले पहिलो टेस्ट खेल्न नपाएका रुटले दोस्रो टेस्टमा जो डेनलीको स्थान लिने सम्भावना रहेको छ । पहिलो टेस्टमा राम्रो प्रदर्शन गर्दै ७६ रन बनाएका ज्याक क्रावलेले टिममा आफ्नो स्थान सुरक्षित गरेका छन । विकेट किपर तथा ब्याटसम्यान जोस बटलरले पहिलो र दोस्रो पारीमा क्रमश ३५ र ९ रन मात्र बनाउन सकेका छन । साथै बटलरले वेस्टईन्डिजका जर्मन ब्लाकवुडको महत्वपूर्ण क्याच पनि छोडेका थिए । जसकारण ब्लाकवुडले टिमलाई जिताउन ९५ रनको उत्कृष्ट पारी खेले ।
ईङल्यान्ड टिमका प्रशिक्षक क्रिस सिल्वरवुड बटलरको समर्थन गर्दै भने, “मैले आलोचना गरेर बटलरलाई दबाब दिन चाहन्न, मलाई लाग्दैन यसो गर्दा हामीलाई फाईदा हुन्छ । अहिलेको समयमा हामी उनलाई सफल हुन उत्कृष्ट अवसर दिन चाहन्छौं ।”
उनले भने, “हामी उनलाई उत्कृष्ट हुने अवसर दिन चाहन्छौं तर त्यो उनको दिनमा भर पर्छ । यदि उनले आफुलाई प्रमाणित गर्दै रन बनाउन सक्छन भने हामीलाई केही भन्नु छैन ।”







डिसी नेपाल








Facebook Comment