शाही र कार्की एआईजी पदमा बढुवा सिफारिस

डिसी नेपाल
३१ असार २०७७ २१:३०

काठमाडौं। नयाव महानिरीक्षक (डीआईजी)हरु निरजबहादुर शाही र प्रद्युम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्।

बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजी शाही र कार्कीलाई बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस हुने प्रहरी महानीरिक्षक शैलेश थापाकै व्याची हुन् । एआईजी तारणी लम्सालको अवकाश र थापा आईजीपीमा बढुवा भएपछि रिक्त रहेको पदमा उनीहरुलाई बढुवा सिफारिस गरिएको हो।

हाल आईजीपी थापाको टोली २०४९ वैशाख १९ गते भर्ना भएका थिए। २०४९ सालमा तालिमपछिको मेरिटमा शैलेश थापा पहिलो नम्बरमा र हालका डीआईजी ईश्वरबाबु कार्की दोस्रो नम्बरमा थिए। त्यति बेला हालका एआईजी हरि पाल ११औं र शाही नवौं नम्बरमा थिए भने प्रद्युम्नकार्की पाँचौं नम्बरमा थिए। २०५८ सालमा डीएसपी बढुवा हुँदा राजेशलाल कर्णलाई एक नम्बर, थापालाई दोस्रो र सौरभ राणालाई तेस्रो, शाहीलाई चौथो र प्रद्युम्न कार्कीलाई पाँचौं नम्बरमा बढुवा गरियो।

त्यसैगरी २०६६ सालमा एसपी बढुवा गर्दा ईश्वरबाबु कार्की झन् पछि धकेलिए । त्यसबेला बानेश्वर वृत्तमा रहेका दिलीप चौधरीलाई आन्दोलनमा घाइते भएको भन्दै एक नम्बरमा बढुवा गरियो भने दोस्रो नम्बरमा कर्णलाई बढुवा गरिएको थियो। तेस्रोमा थापा, चौथोमा शाही, पाँचौंमा पाल र छैटौंमा प्रद्युम्न कार्कीलाई बढुवा गरिएको थियो। डीआइजी बढुवामा भने क्रमशः थापा, पाल, शाही र कार्की एकै पटक भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.