तराईमा डुबान समस्याः भारतीय पक्षसँग ‘क्लोज कन्ट्याक्ट’मा नेपाल

खेमराज थापा
२ साउन २०७७ १९:१९

काठमाडौं। वर्षासँगै तराईमा हुने डुवान समस्या समाधानका लागि नेपाली आधिकारीहरु भारतीय पक्षसँग आवश्यक छलफलका लागि तयारी अवस्थामा रहेका छन्। शुक्रबार ऊर्जा तथा सिँचाई मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिँचाई विभागको बैठकमा पनि मन्त्री वर्षमान पुनले तराईको डुवान समस्याका विषयमा आवश्यक तयारी गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन्।

विभागका महानिर्देशक मधुकर राजधण्डारीले मन्त्रीको निर्देशन प्राप्त भएको जानकारी दिए। उनका अनुसार सीमा क्षेत्रमा भारतीय पक्षले बनाएका तटबन्धका कारण नेपालतर्फ डुबान हुने भएकाले त्यस्ता तटबन्ध हटाउन नेपालले भारतीय समकक्षीसँग परामर्श गर्ने बताए।

महानिर्देशक भण्डारीले डिसी नेपालसँग भने, ‘डुबानका विषयमा भारतीय काउन्टरपार्टसँग छलफल गर्न हामी तयारी अवस्थामा छौं। बाढीको जोखिम क्षेत्र पहिचान गरेर हामीले त्यसका लागि आवश्यक तयारी गरिरहेका छौं।’ उनका अनुसार नेपालबाट भारततर्फ बग्ने केही नदिहरुमा भारतीय पक्षले अवरोध गर्दै आएका छन्। जसका कारण नेपालमा वर्षेनी डुबान हुने गर्छ। राजभण्डारीले भने, ‘केही स्थानमा नेपालबाट बग्ने नदी भारतीय भूमिमा प्रवेश गरेपछि नदि नै नहुने अवस्था छ। भारतीयहरुले ब्लक गरेका हुन्छन्। यता नेपालतर्फ डुबान भयो भने हामीले त्यस्ता अवरोध हटाउन भारतीय काउन्टरपार्टसँग छलफल गर्छौ।’ उनले कोशी ब्यारेज र गढडक ब्यारेजका ढोका खोल्ने विषयमा पनि नेपाली र भारतीय अधिकारबीच नियमित सम्पर्क भइरहेको बताए।

सीमा क्षेत्रमा हुने डुबानका विषयमा छलफल गर्ने दुईदेशको सँयुक्त संयन्त्र पनि छ। विभाग अन्तरगतको सो संयन्त्रको बैठक भने यो पटक हुन सकेको छैन। महानिर्देशक राजभण्डारीले भने, ‘यो पटक कोरोना महामारीका कारण सँयुक्त संयन्त्रको बैठक हुन सकेको छैन। तर, हामी भर्चुअल कुराकानी भने गरिरहेका छौं। जिल्ला स्तरमा रहेका संयन्त्रहरु सम्पर्कमा छन्।’

भारतीय अवरोधका कारण डुबानमा पर्ने सबैभन्दा जोखिमपूण क्षेत्र सप्तरीको खाडो, कपिलवस्तुको महली सागर, रौतहटको गौर, महोत्तरीको रातु खोला र बाँकेको राप्तीपारी क्षेत्र हो। यी क्षेत्रहरुमा भारतीय अवरोधका कारण वर्षेनी डुबान हुने गरेको छ। जिल्ला स्तरमा रहेको सयन्त्रले यी क्षेत्रमा हुने डुबान समस्या समाधनका लागि भारतीय पक्षले बनाएका अवरोधहरु हटाउन भारतीय पक्षसँग वार्ता गर्ने अख्तियारी पाएको छ। सीमा नजिकै भारतले सडकका नाममा अग्ला अग्ला वाल बनाएकाले नेपालतर्फ डुबान पर्ने गरेको छ। यस्ता अवरोध हटाउन नेपालले भनिरहेको छ।

ेकही समयअगाडि भारतीय पक्षले नेपालले गण्डक ब्यारेजमा ममर्तका लागि अनुमति नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो। तर, त्यतिबेला नेपालले कुनै अवरोध नगरेको तर, आवश्यक प्रक्रिया पूरा गर्न भनिएको महानिर्देशक राजभण्डारीले जानकारी दिए। उनले भने, ‘गण्डक र कोशी ब्यारेजको ममर्त भारतीय पक्षले गर्नपर्छ। यो वर्ष कोरोनाका कारण सीमा सील गरिएको अवस्था छ। हामीले मर्मतका लागि आउने मानिसको संख्या, भौतिक औजारको सूची मागेका थियौं। उहाँहरुले त्यो नदिएपछि त्यतिबेला अनुमति नदिइएको हो। तर, भारतीय पक्षले आवश्यक प्रक्रिया पूरा गरेपछि हामीले अनुमति दिएका छौं। मर्मत गर्नुपर्ने स्थानमा मर्मत भएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *