अपहरण भयो भनि नाटक, केटीसँग होटलबाट पक्राउ

डिसी नेपाल
७ साउन २०७७ १५:१३
4
Shares

काठमाडौं। अपहरण भएको भनि नाटक गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। साउन २ गते प्रहरीमा परेको निवेदका आधारमा खोजी गर्दा काठमाडौंको नयाँ वसपार्क स्थित एक होटलबाट केटी सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ४ चुनदेवीका वर्ष ३० का शक्तिराज रेग्मि रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी अपराध व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक इश्वर कार्कीले दिएको जानकारी अनुसार अभियुक्त रेग्मीलाई प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरुको समेत दुरुपयोग भएको ठानी आवश्यक कारवाहीका लागि पक्राउ गरिएको हो।

रेग्मीले जग्गा व्यवसाय गर्छु भनि विभिन्न व्यक्तिहरुबाट करोडौं रुपयाँ लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *