‘विशिष्टीकृत अवस्थामा प्राज्ञिक भूमिका महत्वपूर्ण’
फाइल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालको विशिष्टीकृत अवस्थामा प्राज्ञिक भूमिका महत्वपूर्ण हुने बताएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले जातजाति, भाषा तथा संस्कृतिको विविधता भएको नेपालमा प्राज्ञिक भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। मन्त्री भट्टराईले सबै प्रतिष्ठानले आउँदो १५ गते भित्रमा मन्त्रालयमा गत आर्थिक वर्षमा हासिल गरिएका मुख्य मुख्य उपलब्धि पेश गर्न निर्देशन दिँदै एकै प्रकृतिको काम सबै मिलेर गर्न आग्रह गरे।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रतिष्ठानले भाषा संस्कृति साहित्य दर्शन कलाको क्षेत्रमा उल्लेख्य भूमिका खेल्दै बाह्य सम्बन्ध विस्तार गर्न आग्रह गरे। सबै प्रतिष्ठान र सांस्कृतिक संस्थान मिली ठोस योजना बनाएर मन्त्रालयमा पेश गर्नसमेत सुझाव दिए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी लगायतले आ–आफ्नो प्रतिष्ठानले गरेका प्रगति तथा चालू कार्यक्रम पेश गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment