जेनिट सेन्ट पीटर्सबर्गलाई दश बर्षपछि रसियन फुटबल कपको उपाधि

डिसी नेपाल
१२ साउन २०७७ ९:५६

काठमाडौं । रुसको फुटबल क्लब जेनिट सेन्ट पीटर्सबर्गले खेमकीलाई १–० पराजित गर्दै १० बर्षपछि रसियन फुटबल कपको उपाधि जितेको छ । खेलमा एकमात्र गोल आर्टम डेजुबाले पेनाल्टि मार्फत खेलको ८४ औं मिनेटमा गरे । उपाधि जितेपछि खुशियाली मनाउने कममा टिमका कप्तान ब्रानिस्लव इवानोविकको हातबाट ट्रफि भुईमा झर्यो । जसकारण ट्रफिको काच टुटेपछि क्लबले ट्वीट गर्दै माफि मागेको छ ।

क्लबले ट्वीट गर्दै भन्यो, “तपाईहरुले सुन्नुभएको होला कि हामीले ट्रफि भुईमा खसालेर फुटाएका छौ, यस्को लागि क्लबले सबैसंग माफि माग्दछ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.