युभेन्टसलाई नवौं पटक सिरी ए को उपाधि
काठमाडौं । युभेन्टसले नवौं पटक सिरी ए को उपाधि जित्न सफल भएको छ । शनीवार भएको फाईनल खेलमा साम्पडोरियालाई २–० ले पराजित गर्दै युभेन्टसले उपाधि माथि कब्जा गरेको हो ।
उपाधिका लागि मात्र तीन अंक आवश्यक रहेको युभेन्टले आफ्ना पछिल्लो ५ खेलमध्ये मात्र १ मा जीत हासिल गरेको थियो । पहिलो हाफको इन्जुरी समयमा रानाल्डोले गोल गर्दै युभेलाई अग्रता दिलाए । लिग पुनः सुरुवात भएपछि उनको यो १० औँ गोल थियो । दोस्रो हाफमा बर्नार्डेस्चीले सन् २०१८ को सेप्टेम्बरपछिको पहिलो गोल गर्दै युभेन्टस जीत सुनिश्चित गरे ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment