तेस्रो टेष्टमा वेष्टइन्डिज हार नजिक
काठमाडौं । इङल्यान्डले प्रस्तुत गरेको ३९९ रनको लक्ष्य जवाबमा पाहुना टोली वेष्टइन्डिजले कमजोर सुरुवात गरेको छ ।
चौथो दिनको खेल वर्षाले प्रभावित हुनुअघि सम्म वेष्टइन्डिजले दोस्रो पारीमा दुई विकेटको क्षतिमा १० रन बनाएको छ । जितका लागि वेष्टइन्डिजलाई अझै ३८९ रन ल्याउन आवश्यक छ भने दुई दिनको खेल अझै बाँकी नै रहेको छ । वेष्टइन्डिजका क्रैग ब्रेथवेट २ तथा शाई होप चार रनको व्यक्तिगत स्कोरमा रहेका छन । इङल्यान्डका लागि स्टुअर्ट ब्रोडले दुई विकेट लिएका छन ।
यसअघि टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको घरेलु टोलीले आफ्नो पहिलो पारीमा ३६९ रनको औसत योगफल तयार गरेको थियो । ओली पोपले सर्वाधिक ९१ तथा जोश बटलरले ६७ र स्टुअर्ट ब्रोडले ६२ रनको योगदान गर्दा ईङल्यान्ड औसत योगफलसम्म पुग्न सफल भयो । वेष्टइन्डिजका लागि केमार रोचले सर्वाधिक चार तथा शैनन गेब्रिल र रोष्टन चेजले दुई र जैसन होल्डरले एक विकेट लिए ।
जवाबमा वेष्टइन्डिज टोली आफ्नो पहिलो पारीमा मात्र १९७ रनमा समेटिन पुग्यो । कप्तान जैसन होल्डरले बनाएको ४६ रननै पारीको सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । इङल्यान्डका लागि ब्रोडले सर्वाधिक छ तथा जेम्स एन्डरसनले दुई जोफ्रो आर्चर र क्रिस वोक्सले सामान एक एक विकेट लिए ।
पहिलो पारीमा १७२ रनको बढत लिएको इङल्यान्डले मात्र दुई विकेटको क्षतिमा २२६ रनमा दोस्रो पारीको घोषणा गर्दै वेष्टइन्डिज समक्ष ३९९ रनको लक्ष्य प्रस्तुत गरेको हो । इङल्यान्डका लागि दोस्रो पारीमा ओपनर रोरी बन्र्सले सर्वाधिक ९० तथा डम सिब्लीले ५६ रनको योगदान दिए । कप्तान जोइ रुट ६८ रन बनाएर अविजित रहे ।







डिसी नेपाल








Facebook Comment