फराकिलो जितसहित टेष्ट सिरिजमाथि इंग्ल्याण्डको कब्जा
काठमाडौं । वेष्ट ईण्डिजविरुद्धको टेष्ट सिरिजको उपाधि इंग्ल्याण्डले जितेको छ। तेस्रो तथा अन्तिम टेष्टमा वेष्ट ईण्डिजलाई २६९ रनले हराउँदै घरेलु टोली इंग्ल्याण्डलले सिरिज जितेको हो। पहिलो टेष्टमा पराजय भोगेको घरेलु टोलीले दोस्रो र तेस्रो खेलमा जित निकाल्दै उपाधि हात पारेको हो।
अन्तिम खेलमा इंग्ल्याण्डले दिएको ३९९ रनको लक्ष्य वेष्ट ईण्डिजले पुरा गर्न नसक्दा लामो समयपछि इंग्ल्याण्डलाई उसकै मैदानमा हराउँदै उपाधि जित्ने अवसर गुमाएको हो। विशाल लक्ष्य पछ्याएको वेष्ट ईण्डिजले मात्र १२९ रन बनायो। वेष्ट ईण्डिजका सेई होपले ३१ तथा जर्मेन ब्ल्याकउडले २३ रन बनाए। इंग्ल्याण्डका जेम्स एण्डरसनले ५ तथा स्टुअर्ट ब्रोडले ४ विकेट लिए।
ओल्ड ट्राफोर्डमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले पहिलो पारीमा ३६९ रन बनाएको थियो । यस्तै वेष्ट ईण्डिजले पहिलो पारीमा १९७ रन बनाएको थियो। दोस्रो पारीमा इंग्ल्याण्डले २२६ रन बनाउदै ईण्डिजलाई विशाल लक्ष्य दिएको थियो। ३९९ रनको लक्ष्य पछ्याएको ईण्डिजले दोस्रो पारीमा १२९ रन बनाउदै पराजय भोग्यो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment