पहिलो एकदवसीय खेलको लागि आयरल्यान्ड टोलीको घोषणा
काडमाडौं । बिहिवार हुने एकदिवसीय खेलको लागि आयरल्यान्डले १४ सदस्यीय टोलीको घोषणा गरेको छ । एन्ड्रयु बालबर्निको कप्तानीमा हरफन मौला र कुर्टिस केन्फर टोलीमा समाबेश गरिएको छ ।
दक्षिण अफ्रिकी मुलका केन्फरले फरवरीमा नामीबिया बिरुद्वको टि २० सिरिजमा आयरल्यान्डका लागि २ सतक प्रहार गरेका थिए । मध्यक्रमका ब्याटसम्यान हैरी टेक्टरलाई पनि टोलीमा समाबेश गरिएको छ । उनले आयरल्यान्डको लागि टि २० खेलेका छन ।
पहिलो एकदिवसीयका लागि टिममा एन्ड्रयु बालबर्नी (कप्तान), कुर्टिस कैन्फर, जेरेथ डेलानी, जोश लिटिल, एन्ड्रयु मैकब्राइन, बैरी मैकार्थी, केविन ओ ब्रायन, विलियम पोर्टरफील्ड, बायन रैनिकन, सिमि सिंह, पाल स्टर्लिंग, हैरी टेक्टर, लोरकान टकर र क्रेग यंग रहेका छन ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment