टेष्ट क्रिकेटमा ब्रोडको पाँच सय विकेट
काठमाडौं । इङल्यान्डका बलर स्टुअर्ट ब्रोडले टेष्ट क्रिकेटमा आफ्नो ५०० औं विकेट पुरा गरेका छन । उनले वेष्टइन्डिज विरुद्धको तेस्रो तथा अन्तिम टेष्ट म्याचको क्रममा आफ्नो ५०० औं टेष्ट विकेट पुरा गरेका हुन ।
तेस्रो टेष्ट खेलको पाँचौं तथा अन्तिम दिनमा क्रैग ब्रैथवेटलाई एलबीडब्ल्यु आउट गर्दै टेष्ट जिवनको आफ्नो ५०० औं विकेट पुरा गरेका हुन । यसअघि जेम्स एन्डरसनले पनि आफ्नो पाँच सय विकेट पुरा गर्दा वेष्टइन्डिजका क्रैग बर्थवेटलाई नै आफ्नो शिकार बनाए ।
ब्रोड टेष्ट क्रिकेट इतिहासमा पाँच सय विकेट पुरा गर्ने चौथो तिब्र गतिका बलर हुन । उनले पाँच सय विकेट पुरा गर्न २८ हजार ४३० बल फ्याँक्नुपर्यो । उक्त रेकर्ड कायम गर्न अष्ट्रेलियाका ग्लैन म्याक्ग्राथले २५ हजार ५२८, जेम्स एन्डरसनले २८ हजार १५०, कर्टली वाल्सले २८ हजार ८३३, मुतैया मुरलीथरनले २९ हजार ५११, शेन वार्नले ३० हजार २०० तथा अनिल कुम्बलेले ३२ हजार ९५९ बल फ्याँकेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment