नेपाल, नामिविया र स्कटल्याण्ड बिचको सिरीजका लागि आइसीसीको पत्राचार

डिसी नेपाल
१४ साउन २०७७ १४:०२

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तगर्त नेपाल, नामिविया र स्कटल्याण्डको सिरीजका लागि आइसीसीले सबै देशलाई उपयुक्त समयका लागि पत्राचार गरेको छ । जसमा यो सिरीजका लागि तीन वटै देशसँग उपयुक्त समयका लागि अन्तिम छलफल गरेपछि सिरीजको मिती फाइनल हुने भएको छ ।

आइसीसीले नामिबिया, स्कटल्याण्ड र नेपाल क्रिकेट संघलाई यसअघि कोरोना भाइरसका कारण स्थगित भएको यो सिरीजलाई नामिवियामा नै गर्ने योजना आइसीसीका रहेको छ ।

क्यानसँग आइसीसीले मागेको जवाफमा क्वारेन्टिनको समस्या नभएमा र अन्तराष्ट्रिय उडान खुलेमा प्रतियोगितामा भाग लिने जवाफ पठाएको छ । यो विषयमा थप छलफल हुने आइसीसीले बताएको थियो ।

नेपाल, स्कटल्याण्ड र नामिविया विचको सिरीज अप्रिलमा हुने तालिका थियो । तर कोरोनाका कारण यो प्रतियोगिता सरेको हो । यस्तै नेपालले पीएनजी र स्कटल्याण्डमा खेल्ने सिरीज पनि स्थगित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.