स्ट्राईकर मारियानो डियाज कोरोना संक्रमित
काठमाडौं । स्पेनिश फुटबल क्लब रियाल म्याड्रिडका स्ट्राईकर मारियानो डियाज कोरोना संक्रमित पाईएका छन । क्लबले यो कुराको पुष्टि गर्दै डियाजले च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी बिरुद्वको खेलमा नखेल्ने जनाएको छ ।
क्लबले मंगलवार जारी गरेको बयानमा सोमवार केहि खेलाडीहरुको कोरोना परिक्षण गरिएको र ति मध्ये डियाजको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । हाल उनी स्वस्थ रहेको र रिपोर्ट आउने बितिकै उनी आवश्यक प्रोटोकल हरु पालना गर्देै घरमा आईसोलेसनमा बसेका जनाईएको छ ।
मारियानो १९ जुलाईमा ला लिगाको जारी सिजन अन्त्य भएपछि बिदा मनाउन गएका थिए । कोरोनाकालमा स्पेनमा फुटबल पुनः सुरु भएपछि कोरोना संक्रमित हुने उनी पहिलो खेलाडी भने होईनन । गत हप्ता मात्रै फ्यूनलाब्राडा टिमका खेलाडीहरुमा कोरोना पोजेटिभ देखिएको छ । जसकारण टिमले डिपार्टिवो ला कोरुना बिरुद्व दोस्रो डिभिजनको खेल रद्व गर्नुपर्यो ।
पछिल्लो सिजनमा डियाजले रियाल म्याड्रिडका लागि सात खेल खेलेका थिए । जसमध्ये उनले एकमात्र गोल गरेका छन ।
Facebook Comment