पाकिस्तान बिरुद्व टेस्ट श्रंखलाको लागि ईङल्यान्ड टोलीको घोषणा

डिसी नेपाल
१५ साउन २०७७ १३:३१

काठमाडौं । वेस्टईन्डिज बिरुद्वको टेस्ट सिरीज जितेको १४ सदस्यीय टोलीलाई ईङल्यान्डले पाकिस्तान बिरुद्वको टेस्टमा पनि निरन्तरता दिने भएको छ । तर रिजर्व खेलाडीको सुचिमा ईङल्यान्डले युवा खेलाडी जेम्स ब्रेसी र डान लोरेन्सलाई सामेल गरेको छ । म्यानचेसटरको ओल्ड ट्रेर्फडमा बिना दर्शक खाली स्टेडियममा अगस्ट ५ देखी सुरुहुने सिरीजको अन्य खेलहरु रोज बाउल र साउथैम्पटनमा क्रमशः १३ देखी १७ अगस्ट र २१ देखी २५ अगस्ट सम्म हुनेछ ।

ईङल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) का राष्ट्रिय चयनकर्ता एड स्मिथका अनुसार वेस्टईन्डिज बिरुद्वको सिरीजमा रहेका १४ सदस्यीय टोलीमा कुनैपनि परिर्वतन नगरिएको र अघिल्लो टोलीलाईनै निरन्तरता दिने बताएका छन ।

इङल्यान्ड टेस्ट टोली यस प्रकार छन : जो रूट (कप्तान), जेम्स एन्डरसन, जोफ्रा आर्चर, डामिनिक बेस, स्टुअर्ट ब्राड, रोरी बर्न्स, जोस बटलर, जाक क्राउले, सैम कुरेन, ओली पोप, डाम सिबले, बेन स्टोक्स, क्रिस वोक्स र मार्क वुड ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *