रोनाल्डोले किने विश्वकै सबैभन्दा महंगो कार, यो नयाँ कारको मूल्य कति ?
काठमाडौं। पोर्चुगिज फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले विश्वकै सबैभन्दा महंगो कार किनेका छन् । रोनाल्डोले किनेको बुगाटी सेन्टोडिएसी कार अहिले विश्वमा १० वटा मात्र छन् । कम्पनीले १० वटा मात्र बनाएको यो कार एउटा रोनाल्डोले किनेका हुन् । रोनाल्डोको क्लव युभेन्टसले हालै ३६ औं सिरी ए उपाधि जितेको छ । यसँगै रोनाल्डोले आफैंलाई यो कार गिफ्ट दिएका हुन् ।
यो कारको मूल्य साढे ८ मिलियन युरो पर्ने बताइएको छ । ३५ वर्षीय फुटबलर रोनाल्डोले इन्स्टाग्राममा यो कारसहितको फोटो अपलोड गरेका छन् । विश्वको सबैभन्दा महंगो कारको मालिक बनेका रोनाल्डो महंगा कारका सौखिन हुन । उनीसँग भएका कूल कारको मूल्य ३० मिलियन युरोभन्दा बढी पर्छ । रोनाल्डोको नयाँ कार ३८० किलोमिटर प्रतिघण्टाको गतिसम्म दौडिन सक्छ । २.४ सेकेण्डमा यो यो कारको गति ६० किलोमिटर प्रतिघण्टा पुग्छ ।







डिसी नेपाल








Facebook Comment