विश्व फुटबल इतिहासको सबैभन्दा महंगो खेल आज, ७३ वर्षपछि नयाँ इतिहास कोरिने अवसर

डिसी नेपाल
२० साउन २०७७ १३:२१

काठमाडौं। विश्व फुटबल इतिहासको सबैभन्दा महंगो खेल आज हुँदैछ । यो खेलको मूल्य १६० मिलियन पाउण्ड (२५ अर्ब रुपैयाँ) बराबरको छ । बजार विश्लेषक संस्था डेलोइट्टेलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले लेखेअनुसार यो खेल जितेमा इङलिस क्लव ब्रेन्टफोर्डले यति ठूलो रकम थप कमाउनुका साथै इङल्याण्डको सबैभन्दा ठूलो लिग प्रिमियर लिगमा स्थान बनाउनेछ ।

ब्रेन्टफोर्ड विगत ७३ वर्षदेखि प्रिमियर लिगमा पुग्न सकेको छैन । ब्रेन्टफोर्ड पछिल्लो पटक १९४७ को सिजनमा प्रिमियर लिग खेलेको थियो । त्यसयता उसले इङल्याण्डको दोस्रो दर्जाको लिग इएफएल लिग पार गरेर प्रिमियर लिगसम्मको यात्रा तय गर्न सकेको छैन । आज भने उसँग अद्भूत अवसर छ । यो अवसरका सदुपयोग गर्न सकेमा उसले प्रिमियर लिगको यात्रा तय गर्नेछ । साथमा १६० मिलियन पाउण्डको रेभेन्यू पनि जित्न सक्नेछ ।

प्रिमियर लिगको यो सिजन सकिइसकेको छ । लिभरपुलले यो सिजन जित्दा बर्नमाउथ, वाटफोर्ड र नर्विच सिटी रेलिगेसनमा परेर एइफएल लिगमा झरेका छन् । यी तीन क्लव रेलिगेसनमा परेपछि खाली भएका दुई स्थानमा इएफएल लिगका शीर्ष २ टिम लिड्स युनाइटेड र वेष्टब्रोम उक्लिएका छन् । अन्तिम स्थानको लागि इएफएल लिगका तेस्रोदेखि छैटौं टिमबीच भइरहेको प्लेअफको सेमिफाइनलमा ब्रनफोर्डले स्वान्सेयालाई पराजित गर्दै तथा फुलहमले कार्डिफ सिटीलाई पराजित गर्दै फाइनल पुगेका हुन् । फाइनल खेल आज राती नेपाली समयअनुसार साढे १२ बजे हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *