अन्तिम खेलमा आयरल्यान्ड विजयी
काठमाडौं । आयरल्यान्ड र ईङल्यान्ड बिच भएको एकदिवसीय सिरीज अन्तर्गतको अन्तिम खेलमा आयरल्याड ७ विकेटले विजयी भएको छ । मंगलवार भएको खेलमा टस हारेर व्याटिङ गरेको ईङल्यान्डले ४९.५ ओभरमा सबै विकेट गुमाउदै ३२८ रन बनायो । ईङल्यान्डका लागि कप्तान ईयोन मोर्गनले सतकिय पारी खेल्दै ८४ बलमा १०६ रन बनाए । अन्य खेलाडीहरुमा टोम बान्टोन (५८), डेभिड विल्ली (५१), टोम कुरनले अविजित (३८), साम बिलिङस (१९), जेम्स विन्स (१६) र शकिब मोहमुद (१२) रन बनाए ।
जवाफि ब्याटिङमा आएको आयरल्यान्डले ओपनर पौल स्टर्लि र कप्तान एन्डी बलर्बिनेको सतकिय पारीमा ३ विकेट गुमाउदै विजयी लक्ष्य पुरा गर्यो । आयरल्यान्डका लागि स्र्टलिङले रन आउट हुनु अगाडि १२८ बलमा १४२ रन प्रहार गरेका थिए भने कप्तान एन्डीले ११२ बलमा ११३ रन बनाएर आदिल रशिदको बलमा आउट भए ।
यो संगै ईङल्यान्डले आईसीसी एकदवसीय सुपर लिगको अंक तालिकामा शिर्ष स्थानमा रहदै २० अंक जोडेको छ भने तिन खेलमा एकमात्र खेल जितेको आयरल्यान्डले दोस्रो सथानमा रहदै १० अंक जोडेको छ ।







डिसी नेपाल








Facebook Comment