पर्थ स्कोचर्सको कप्तानमा सोफी डिवाइन
काठमाडौं । महिला बिग बाश लिग (डब्ल्यूबीबीएल) को यो बर्षको संस्करणमा पर्थ स्कोचर्सको कप्तानको जिम्मेवारी न्युजिल्यान्डकी क्रिकेटर सोफी डिवाईनलाई दिईएको छ । पर्थले बुधवार सोफीले टिमको कमान सम्हाल्ने कुराको पुष्टि गरेको छ ।
सोफीले डब्ल्यूबीबीएलको पार्चौ सिजनमा एडिलेड स्ट्राईकर्सको तर्फबाट शानदार प्रदर्शन गर्दै १६ खेलमा ७६.९० को औसतमा ७६९ रन बनाउदै प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेकी थिईन । यस क्रममा उनले कुल ९ अर्धसतक प्रहार गरेकी थिईन ।
पछिल्लो सिजनको महिला नेशनल क्रिकेट लिगमा वेस्टर्न अष्ट्रेलियाका लागि खेलेकी सोफीले आगामी डब्ल्यूबीबीएलको सत्रमा पर्थको लागि खेल्न उत्साहित रहेको बताएकी छिन । उनले भनीन, “पर्थमा अनुबन्धित हुनु र यो सिजनमा टिमको नेतृत्व गर्नु मेरो लागि गर्भको कुरा हो । यो म र मेरो टिमको लागि रोमाञ्चक र चुनौती जस्तै हो ।”
उनले भनीन, “पर्थको लागि खेल्ने कुरा आएपछि मलाई निर्णय लिन कठिन भएको थियो । पर्थको डब्ल्यूबीबीएल र बीबीएलमा राम्रो ईतिहास रहेको छ र ऐतिहासिक क्लबमा आवद्व हुनु मेरो लागि गर्वको कुरा हो ।” सोफीले महिला टि २० विश्वकपमा न्युजिल्यान्डको नेतृत्व गरेकी थिईन र हालसालै उनलाई न्युजिल्यान्ड महिला टोलीको पूर्णकालिन कप्तान बनाईएको छ ।
महिला टि २० मा न्युजिल्यान्डका लागी २०२० को प्लेयर अफ द इयर चुनिएकी सोफीको नाममा टि २० मा लगातार अर्धसतक बनाउने किर्तिमान रहेको छ । उनले ८ टि २० खेलमा ७१.५० को औसतमा ४२९ रन बनाएकी छिन ।
तिस बर्षीय सोफीले न्युजिल्यान्डका लागि १०५ एकदिवसीय र ९१ टि २० अनतराष्ट्रिय खेलेका छिन । यी दुईटै प्रारुपमा उनले ४ हजार ९ सय ५४ रन बनाउदै १५८ विकेट लिएकी छिन ।







डिसी नेपाल








Facebook Comment