२४ घण्टामा ३८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा बुधबार ३८१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ६ हजार ३५९ जनाको पीसीआर परीक्षण गर्दा ३८१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको २१ हजार ३९० संख्या पुगेको छ। जसमध्ये १५ हजार १५६ जना निको भएर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १३० जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ। यस्तै ९ हजार ९२५ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा कोरोनाबाट हालसम्म ६० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment