पहिलो टेस्टमा ईङल्यान्ड बिरुद्व बाबरको अर्धसतक

डिसी नेपाल
२२ साउन २०७७ १५:०९
12
Shares

काठमाडौं । बाबर आजामको अविजित (६९) अर्धसतकको मद्दतमा पाकिस्तानले पहिलो दिनको खेल सकिदा ४९ ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको छ । बुधवार टस जितेर ब्याटिङ गरेको पाकिस्तान लाई पहिलो दिनको खेलमा बर्षा र खराब मौसमले साथ दिएन ।

चौंथो नम्बरमा ब्याटिङ गर्न आएका बाबरले १०० बल खेल्दा ११ चौंकाको मद्दतमा ६९ रन बनाउदा पहिलो दिनको खेल सकियो । बाबरसंगै ओपनर शान मसूदले १५२ बलको सामना गर्दै सात चौंकाको मद्दतमा ४६ रन बनाएर क्रिजमा रहेका छन । मसूद र बाबरले तेस्रो विकेटको लागि ३०.५ ओभरमा ९६ रनको अविजित साझेदारी गरेका छन ।

टस जितेर ब्याटिङ गरेको पाकिस्तानले सुरुवातमै पहिलो विकेट गुमायो । टिमका ओपनर आदिब अली जोफ्रा आर्चरको बलमा बोल्ड हुदा पाकिस्तानको स्कोर बोर्डमा मात्र ३६ रन रहेको थियो । आदिबले बोल्ड हुनुअघि ३७ बलमा दुई चौंकाको मद्दतमा १६ रन बनाएका थिए । टिमका कप्तान अजहर अली खाता खोल्न नपाउदै क्रिस वोक्सको एलबिडब्लु धरापमा परे । अली को विकेट ४३ रनको स्कोर हुदा झरेपछि बाबर र मसूलदे खेलमा बलियो साझेदारी बनाए । बाबरले आफ्नो अर्धसतक ७० बलमा ९ चौंकाको मद्दतमा पुरा गरे । मसूदले ईङल्यान्डका विकेट किपर जोस बटलरको हातबाट दुई पटक पाएको जिवनदानको फाईदा उठाउदै क्रिजमा रहेका छन ।

पहिलो दिनको खेलमा तिनवटै सत्रमा बर्षा भएपछि र तेस्रो सत्रमा भएको खबरा प्रकाशका कारण अम्पायरले बाध्य हुदै पहिलो दिनको खेल समाप्त गर्नुपर्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.