रोनाल्डोले २ गोल गर्दै खेल जिताए पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

डिसी नेपाल
२४ साउन २०७७ १०:०५

काठमाडौँ । इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरएको छ । गएराती सम्पन्न च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लिगमा युभेन्टस फ्रेन्च क्लब लियोनमाथि २-१ गोल अन्तरले विजयी भएपनि समग्रमा २-२ गोल को नतिजासहित अवे गोलको आधारमा बाहिरिएजो छ । पहिलो लिगमा अवे गोल गरेको आधारमा लियोन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

युभेन्टसका दुवै गोल क्रिस्टियानो रोनाल्डोले गर्दै जित दिलाएपनि क्वाटरफाइनलमा भने पुर्याउन सकेनन् । रोनाल्डोले खेलको ४३औ र ६०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै लियोनका लागि भने मेम्फिस डिपेले पेनाल्टीमार्फत गोल गरेका थिए । योसँगै लियोनले क्वाटरफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ भने युभेन्टसको च्याम्पियन्स लिगको यात्रा टुंगिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *