एक गल्तीको कारण पहिलो खेल गुमायो पाकिस्तानले

डिसी नेपाल
२५ साउन २०७७ १४:५८

काठमाडौं । टेस्ट क्रिकेट निकै गार्हो खेल हो भनेर भन्ने गरिन्छ । टेस्ट क्रिकेटको एउटा सत्रले गर्दा पुरै खेल बदलिन सक्छ । शुक्रवार सम्म भएको म्यान्चेस्टर टेस्ट कुनै समय पाकिस्तानको पक्षमा थियो । तर पाकिस्तानले खेलको दोस्रो पारीमा गरेको प्रदर्शनले उसलाई जितहात पार्न कठिन भयो । पाकिस्तानले खेलमा दोयम दर्जाको प्रदर्शन गर्दा उसले पहिलो टेस्टमा जित्ने सपना चकनाचुर भयो ।

पाकिस्तानले घरेलु टोली इङल्यान्डलाई पहिलो टेस्टमा २२७ रनको लक्ष्य दियो । लक्ष्य पछ्याउने क्रममा कुनै समयमा ईङल्यान्डको ११७ रनमा पाँच विकेट गई सकेको थियो । तर त्यसपछि जुन किसिमको ब्याटिङ इङल्यान्डले गर्यो त्यसले टिमलाई जित तर्फ उन्नमुख गरायो । किनभने पाकिस्तानले एक विकेट लिन नसक्दा ईङल्यान्डले खेल ३ विकेटले जित्दै सिरीजमा १–० को अग्रता बनायो ।

लन्च पछिको सत्रमा बेन स्टोक्स ९ रन बनाएर पेभेलियन फर्के । केहि बेरपछि ओली पप पनि सात रन बनाएर पेभेलियनको तताए । पाँच विकेट खसेपछि ईङल्यान्ड टोली संकटमा परेको थियो । यस्तो अवस्थामा ईङल्यान्ड टिमलाई एक बलियो साझेदारीको आवश्यकता थियो । जसले टिमलाई जिततर्फ डोर्याउन सक्थ्यो र यो काम पुरा गरे जोस बटलर र क्रिस वोक्सले । दुबैले छैठौं विकेटको लागि ११८ रनको साझेदारी गर्दे ईङल्यान्डलाई विजयी बनाउन मद्दत पुर्याए । बटलरलाई यासिरले ७५ रनको स्कोरमा एलबिडब्लुको धरापमा पारेपनि पाकिस्तानलाई जिताउने सपना पुरा गर्न सकेनन । वोक्सले सजिलै ईङल्यान्डलाई जित दिलाए । उनले १२० बलमा १० चौंकाको मद्दतले अविजित ८४ रन बनाए ।

यसअघि ईङल्यान्डले दोस्रो पारीमा पहिलो विकेटको रुपमा रोरी ब‌र्न्सलाई गुमायो । रोरीलाई तिव्र गतिका बलर मोहम्मद अब्बासले टिमको स्कोर २२ रन हुदा पेभेलियनको बाटो देखाए । रोरीले २० बलमा एक चौंकाको मद्दतले १० रन बनाएका थिए । लन्च समयसम्म डाम सिब्लले ७४ बलमा तिन चौंकाको मद्दतले २६ र कप्तान जो रुटले ३१ बलमा दुई चौकाको मद्दतले १८ रन बनाएर क्रिजमा रहेका थिए ।

लन्चपछि ईङल्यान्ड टिमले प्रमुख दुई विकेट गुमायो । सिब्ले लेगस्पिनर यासिर शाहको बलमा क्याच आउट भए । आउट हुनुअघि सिब्लेले आफ्नो ३६ रनको पारीमा चार चौंका प्रहार गरेका थिए । केहिबेर पछि युवा बलर नसीम शाहले कप्तान जो रुटलाई आउट गर्दे घरेलु टोलीलाई तेस्रो झटका दिए । रुटले ८४ बलमा सात चौंकाको मद्दतले ४२ रन मात्र बनाउन सके । याहाबाट खेल पाकिस्तानको पोल्टामा पर्ने संकेत देखिएको थियो । तर जोस बटलर र क्रिस वोक्सको सानदार प्रदर्शनमा ईङल्यान्डले खेलमा पुनरागमन गर्यो र ३ विकेटको जितहात पार्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *